कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती ,श्री जयन्ती वा जन्माष्टमी पनि भनिन्छ। यो हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको आठौं अवतारको रूपमा मानिने श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने महत्वपूर्ण पर्व हो।
श्रीकृष्ण जन्माष्टमीको दिन, श्रद्धालुहरूले भगवान श्रीकृष्णको पूजा, आराधना, र भक्तिभावले यो पर्व मनाउँछन्। हिन्दू पञ्चाङ्ग अनुसार, द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको मानिन्छ। यसैले, यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ।
यो पावन पर्वमा, कृष्ण मन्दिरहरूमा विशेष पूजा-आराधना, प्रवचन, भजन-कीर्तन हुन्छन्। विशेषगरी महिलाहरू व्रत बस्दै रातभर जाग्राम बस्ने परम्परा रहेको छ। श्रीकृष्णले अन्याय, अत्याचार, र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गर्न जन्म लिएको विश्वास गरिन्छ। उनले सधैं सत्यको पक्ष लिँदै मानवजातिलाई सत्कर्म गर्न प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवहरूसँगको युद्धको क्रममा अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै उनले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।
जन्माष्टमीको अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। त्यस्तैगरी, काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिन्छ। भारतमा पनि यो पर्व हर्षोल्लासका साथ हिन्दू समुदायले मनाउने गर्छन्।

भाद्र कृष्ण अष्टमी बुधबारको दिन, रोहिणी नक्षत्र, घोर अन्धकार मध्यरात, चारैतिर भयानक सन्नाटा ! आकाशमा गर्जिएको बादल र चटयाङ !
भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण
चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।
देवकी र वसुदेवका आठौँ सन्तानको रूपमा भगवान् श्रीकृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरू र खगोलीय गणनाका आधारमा कृष्णको जन्म १८ जुलाई ३२२८ इसापूर्वमा जन्माष्टमीको दिन भएको थियो, र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए। कृष्ण मथुराका यादववंशी भृष्नी कुलका थिए।
देवकी र वसुदेवका आठ सन्तानहरू सबै पुत्र थिए। ती पुत्रहरूको नाम यस प्रकार छन्:
- किर्तिमान
- सुषेण
- उद्भव
- भद्रदेव
- रीपुमर्दन
- राजीव
- संकरषण (बलराम)
- श्रीकृष्ण
तीमध्ये ६ जना पुत्रहरू कंशद्वारा मारिएका थिए, र सातौँ सन्तान बलराम (संकरषण)लाई रोहिणीको गर्भमा स्थानान्तरण गरिएको थियो। कृष्ण आठौँ सन्तानका रूपमा जन्मिएका थिए।
मथुरा, जुन हाल उत्तर प्रदेशको मथुरा जिल्ला हो, त्यो समय यादवहरूको राजधानी थियो। मथुराका राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी राज्यसत्ता आफ्नो हातमा लिएका थिए। एउटा भविष्यवाणीअनुसार देवकीको आठौँ सन्तानले कंशको मृत्यु गर्ने थियो, जसले गर्दा कंशले देवकी र वसुदेवलाई जेलमा कैद गरेको थियो।
कंशले देवकीका सुरूका छ सन्तानलाई मारे, तर सातौँ सन्तानलाई देवकीले गोप्य रूपमा रोहिणीलाई सुम्पेकी थिइन्, जो पछि बलरामको रूपमा जन्मे। आठौँ सन्तानको रूपमा श्रीकृष्णको जन्म भयो। श्रीकृष्णको जन्मलगत्तै भगवान् विष्णुले वसुदेवलाई निर्देश दिए कि कृष्णलाई गोकुल पुर्याउनुहोस्, जहाँ नन्द र यसोधाको संरक्षणमा उनी कंशबाट टाढा सुरक्षित रहनेछन्।
वासुदेवले कृष्णलाई यमुना नदी पार गरी गोकुल पुर्याए। त्यहाँ सबै जना सुतिरहेको समयमा वसुदेवले कसैलाई थाहा नदिईकन कृष्णलाई यसोधाको छोरीसँग बदलिदिए र फिर्ता जेल फर्किए। कंशले यसोधाको छोरीलाई देवकीको आठौँ सन्तान ठानी मार्न खोजे तर त्यो छोरी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा बदलिइन् र कंशलाई उसको मृत्युको भविष्यवाणी सम्झाउँदै गायब भइन्।
कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्किए। पछि, उनी मथुरा फर्के र बलरामको साथमा कंशको संहार गरे।
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलिला’ को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र | गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।”

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण
kRISHNA
शास्त्रमा कृष्ण भनेको काली र राधा भनेको शिव हो । यसरी राधाकृष्ण वा राधेश्यामको स्वरुप बनेको छ । संस्कृतिविद् गुरुङका अनुसार नेपालका खसवामहरुले बालननाट्य गर्ने गर्छन् । बालनमा रमायण र महाभारतको कथा हुन्छ । तर, बालन भनेको भगवान कृष्णको बाललीला हो ।
भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो अास्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको अाकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।
श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||”
अर्थात्ः
“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।”
महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ काैरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः
“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।”
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव-जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।
श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया-प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।
हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाैं । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं, तपार्इ चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध काैशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।
कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
तिनै भगवान श्री कृष्ण कालेको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।
हरे रामा हरे कृष्ण
हरे कृष्ण हरे हरे
—-
कति राम्रो बृन्दावन शहर
सललल गरि बगेकी यमुना
बृन्दावनको झिलीमिली कृष्णजीको दर्शन
कृष्णजीको दर्शन गर्ने सबै पार तर्छन
संस्कृतिविद् जगमान गुरुङका अनुसार मध्यकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्णमन्दिर बनाउनुभएपछि नेपाल अधिराज्यमा कृष्ण प्रख्यात भएको मानिन्छ । मल्ल राजाहरुमा कला बनाउने प्रतियोगिता हुँदा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गाको सुन्दर र ठूलो पाटनको कृष्ण मन्दिर बनाउनुभएको थियो । लिच्छविकालसम्म कृष्ण भक्तिको परम्पराको विकास भइसकेको मानिन्छ | जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । भारतमासमेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिनुभएको मानिन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीसमेत भनिन्छ ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिनुभएको मानिन्छ ।
कृष्ण अवतारको मुख्य दिन नै श्रीमद्भगवद्गीता हो । कृष्णले महाभारतको लडाइँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीमा चार वेद अठार पुराणको सार गीतामा प्रयोग गरिएको हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ । त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो ।
शास्त्रमा कृष्ण भनेको काली र राधा भनेको शिव हो । यसरी राधाकृष्ण वा राधेश्यामको स्वरुप बनेको छ । संस्कृतिविद् गुरुङका अनुसार नेपालका खसवामहरुले बालननाट्य गर्ने गर्छन् । बालनमा रमायण र महाभारतको कथा हुन्छ । तर, बालन भनेको भगवान कृष्णको बाललीला हो ।
यस्तै, गुरुङ मगर जातिले चरित्रनात्य मान्ने गर्छन् अर्थात् श्री कृष्णको चरित्र र थारुले जन्माष्टमीको व्रतलाई अष्टीमीकि व्रत भन्छन् । यसदिन थारु समुदायका महिलाहरुले आफ्नो घर पूजाकोठाको भित्तामा ढुङ्गा, माटो वा विभिन्न जडिबुटीको रंग भरेर सृष्टिको कथा लेख्ने गर्छन् ।
पूजा कोठाको भित्तामा समुन्द्र, भ्यागुता, चन्द्र, सूर्य, तारा, भगवान श्री कृष्णको लीला लेख्ने चलन छ । नेवार समुदाये भने यो दिन कृष्णको रथ बनाएर नगर परिक्रमा गरेर मनाउने चलन पुरानो हो ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएका थिए । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भन्नु पनि भएको छ–
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु ।
श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः
“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।”
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
किन गरिन्छ त श्रीकृष्णको पुजा ?
आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।
आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ ।
श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । या सम्मकी मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।
“गोकुल नाथाय नमः”
केवल आठ अक्षरको यस मन्त्रको जाप गर्नाले कृष्णसँगको निकटता बढेर जाने बताइएको छ ।
श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्णको व्यक्तित्व
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।
त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ुकृष्णलिलाु को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू९लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
राधाकृष्ण
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
राधा र कृष्णको संवाद जस्ताको तस्तै
एक दिन राधाजीले कृष्णजी लाई सोध्नुभयो: रिस के हो ?
कृष्णजी ले उत्तर दिनु भयो: कसैको गल्तिको सजाय आफुलाई दिनु नै रिस हो ।
फेरि राधाजी ले सोध्नुभयो: मित्रता र मायामा के फरक छ ?
कृष्णजी ले हासेर उत्तर दिनु भयो: माया भनेको सुन हो र मित्रता भनेको हिरा, सुन टुटेर फेरि बन्न सक्छ तर हिरा टुटेर फेरि बन्दैन ।
राधाजी ले फेरि सोध्नु भयो: म कहाँ छु ?
कृष्णजी ले उत्तर दिनु भयोस् तिमि मेरो सास धड्कन तन मन सबै तिर छौ ।
फेरि राधाजी ले कृष्णजी लाइ सोध्नु भयो: म कहाँ छुइन ?
कृष्णजी ले उत्तर दिनु भयो: तिमि मेरो भाग्यमा छैनौ ।
राधालेजी ले सोध्नु भयो: माया को वास्तविक मतलब के हो ?
कृष्णजी ले हासेर भन्नु भयो: जहाँ मतलब हुन्छ त्यहाँ माया हुदैन ।
राधालेजी ले सोध्नु भयो: तपाई ले मलाई माया गर्नु भयो तर बिहे रुकमणि संग गर्नु भयो, किन ?
कृष्णजी ले हासेर भन्नु भयो: बिहे गर्न दुई जना चाहिन्छ तर हामी त एउटै हौ ।
कृष्ण र मीरा
कृष्णका कुरा गर्दा “मीरा” लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।
श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्
अर्थात्ः
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।
महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह ९हजूरबुवा० सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी ९एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति०का रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैनू भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः
“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ रु कर्म गर फलको आशा नगर ।”
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव९जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।
श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया९प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।
तपार्इ चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।
कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
तिनै भगवान श्री कृष्ण कालेको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।
हरे रामा हरे कृष्ण
हरे कृष्ण हरे हरे
कति राम्रो बृन्दावन शहर
सललल गरि बगेकी यमुना
बृन्दावनको झिलीमिली कृष्णजीको दर्शन
कृष्णजीको दर्शन गर्ने सबै पार तर्छन
हाम्रो हिन्दु वैदिक परम्परा अनुसार विभिन्न धार्मिक चाडपर्वहरू मध्ये श्रीकृष्णजन्माष्टमी पर्व पनि एक धार्मिक पर्वको रूपमा मानिदै आएको छ। विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ।
भगवान श्रीकृष्णको प्राकट्य यसै दिनमा भएको मानिन्छ। गर्गसंहिता अनुसार भगवान कृष्णको प्राकट्य भाद्रकृष्ण अष्टमी मध्यरात्री बुधबार रोहिणी नक्षत्र हर्षण योगमा भएको मानिन्छ। कृष्ण प्रकट भएको रातलाई मोहरात्री पनि भनिन्छ।
मनलाई निरोध गरी सांसारिक विषयबाट हटाएर श्रीकृष्णका साथ एकरूप हुनु मुक्त हुनु नै कृष्ण जन्मको प्रयोजन हो। कृष्णको सम्पूर्ण लीलामा योगमायाको हात रहेको हुन्छ। किनभने मायाको आश्रय नलिई भगवानले अवतार लिन सक्नुहुन्न। योगमाया विना कृष्णबाट मात्रै लीला हुँदैन।
कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न मानिन्छ। आसुरी स्वभावका दुष्टहरूको विनाश गर्नु र साधु सन्तको रक्षा गर्न नै भगवान कृष्णको प्राकट्य भएको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ। जुन दिन अष्टमी तिथिले मध्यरात छोएको छ त्यसै दिन कृष्णजन्माष्टमी व्रत गर्नु उत्तम हुन्छ भन्ने कुरा पनि धर्मशास्त्रमा उल्लेख छ।
भगवानको अवतारहरूमा अंशावतार, आवेशावतार, कलावतार, पूर्ण अवतार र परिपूर्णतम अवतार हुने कुरा गर्गसंहितामा उल्लेख छ। मत्स्य, कच्छप आदि अवतारलाई कलावतार, परशुराम आदिलाई आवेश अवतार मानिएको छ। परशुराम जन्मदा भगवानका अवतार थिएनन उनी ऋषिकुमार नै थिए।
उनी पछि कैलाशधाममा शस्त्रास्त्र विद्या सिक्न शिवजीकहाँ गए। त्यतिबेला शिवले पार्वतीलाई रामगीता सुनाउन लागेका रहेछन् र उनले सान्निध्यमा बसेर रामगीता सुनिसकेपछि उनी नारायण अवतार भएर शिवजीबाट धनुर्विद्या ग्रहण गरी आश्रममा फर्किए पछि एक्काइस पटक पृथ्वी युद्ध गरी आसुरी स्वभावका क्षत्रीय राजाहरूलाई नाश गरी धर्म स्थापना गरे।
पछि राम अवतारको पालमा सीतासँगको विवाहमा धनुर्भङ्गमा परशुरामको नारायण अवतार राममा सरेपछि परशुराम ऋषिकै रूपमा रहे। परशुराम चिरञ्जीवी भएकाले आजतक पनि जीवित नै मानिन्छन्। भगवान रामलाई पूर्ण अवतार र कृष्णलाई चाहिँ परिपूर्णतम अवतार मानिन्छ।
अल्पसमयका निमित्त अल्प जीवहरूका उद्धारका लागि जो अवतार हुन्छ त्यो अंशावतार हो र अनन्त कालका लागि तथा अनन्त जीवका कल्याणका लागि जो अवतार हुन्छ त्यो पूर्ण अवतार हो। कृष्ण अवतारको बाललीलादेखि स्वधामगमनसम्म अनेकौँ अलौकिक र अद्भुत लीला नै कृष्ण अवतारको विशेषता हो।
कृष्ण अवतारको मुख्य देन नै श्रीमद्भगवद्गीता हो। श्रकृष्णले नै महाभारतको लडाईँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीतलमा चार वेद अठार पुराणको सार गीता हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ। त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो। भगवान कृष्णले आफ्नो जन्म कर्मका विषयमा यसरी बताउनु भएको छ।
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन्।
प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममायया।। गीता ४। ६।
हे अर्जुन! म नजन्मने सत् अव्यय , आत्मा प्राणीहरूको ईश्वर हुँ तापनि प्रकृतिलाई स्वीकार गरेर मायाद्वारा मेरो जन्म संभव भएको हो। यदि माया थिइन भने मेरो जन्मनै हुदैनथ्यो।
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। गीता ४। ९।
हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य छ। तत्त्वपूर्वक जसले मेरो जन्म र कर्मलाई जान्दछ त्यो व्यक्तिको पुनर्जन्म हुँदैन त्यो मेरै धाममा रहन्छ भन्नुभएको छ।
यसकारण कृष्णजन्माष्टमी पर्व अत्यन्तै पुण्यदायक पर्वको रूपमा मानिदै आएको छ। यो दिनमा दिनभर व्रत लिएर मध्यरात्रीमा श्रीकृष्णको जन्मोत्सव मनाएर विधिपूर्वक भगवान श्रीकृष्णको षोडषोपचार विधिले पूजा अराधना गरी प्रसाद ग्रहण गर्नु उत्तम मानिन्छ। कृष्ण जन्माष्टमीको भोलिबेर श्रीकृष्णको मूर्तिलाई रथमा राखी रथ यात्रा गर्ने चलन चलिआएको छ।
कृष्णजन्माष्टमी कै दिनमा हाम्रो देश भित्र रहेका कृष्णका मठ मन्दिरमा धूमधामसँग कृष्णको पूजाआराधना गरिन्छ । यसैदिनमा राजा मानदेवको पालामा बनेको भक्तपुरको चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्दछ। यसै गरी सिद्धिनरसिंह मल्लले निर्माण गरेका ललितपुर जिल्लाको पाटन शहरमा रहेको विश्वप्रसिद्ध कृष्ण मन्दिरमा भगवान कृष्णको पूजाआराधना गर्न व्रतालु भक्तजनको ठूलो भीड लाग्दछ।
यसै दिनमा चैतन्य महाप्रभुको अनुयायी कृष्ण भक्तले पनि त्यो दिनमा श्रीकृष्णको लीला उत्सव नेपाल, भारत लगायत विश्वका जुन ठाउँमा रहेका कृष्णका मन्दिरमा भव्य मेला उत्सव गरी मनाउँदछन्।
त्यस्तै गरी कृष्णप्रणामी कृष्ण भक्तले पनि भगवान कृष्णको भव्य रूपले उत्सव गरी पूजा आराधना गरी मनाउने चलन रहेको पाइन्छ। यो कृष्ण जन्माष्टमी पर्व सार्वभौम पर्व हो। त्यसकारण सबै मानवका लागि कल्याण गर्ने पर्व हो। भगवान कृष्ण जात र सम्प्रदायको घेरा भन्दा माथि हुनुहुन्छ। यही नै कृष्ण धर्म र भगवद्गीताको सार हो।
प्राचीन इतिहासअनुसार अवतार धारण गरेर करुणा – वरुणालय भगवान् कृष्णले भारतको जमीनलाई कृतार्थ बनाउनु भएको थियो । असुरहरुको उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरुको पन्जामा फसेर वीभत्स भएको मानवताको उद्धारका लागि भगवान् कृष्णले आजको दिन नै वैकुण्ठको मोह त्यागेर कंसको कारागारमा बन्दी भएर अवतार धारण गर्नु भएको थियो।
भाद्र कृष्ण अष्टमी बुधबारको दिन, रोहिणी नक्षत्र, घोर अन्धकार मध्यरात, चारैतिर भयानक सन्नाटा ! आकाशमा गर्जिएको बादल र चटयाङ ! प्रकृतिको यस्तो दशामा त्यस कालमा पनि सत्य चित्र देख्न सकिन्थ्यो । कृष्ण–पक्षको अन्धकार जस्तै अत्याचारी कंसको कुशासनको अँधेरोमा जनता समावेश थिए ।
जनताको हृदयमा चारैतिरबाट निराशा मात्र थियो । मानिसहरु त्यो अन्यायको प्रतिकार गर्न विल्कुल असक्षम थिए । त्यसैले उनीहरुको जीवनमा सन्नाटा बाहेक अरु केही थिएन ।
अष्टमीको उस्तै अन्धकार रातमा रातको दुर्भेध अन्धकारलाई पन्छयाउँदै, आफ्नो प्रिय आलोकले कालो पर्दालाई थिच्दै ब्रजचन्द्र आनन्दकन्द भगवान् कृष्णचन्द्र उदित हुनुभयो । यस चन्द्रको उदयसँगसँगै समस्त जनतामा आशाको किरण पलायो, भक्तजनहरुको हृदयमा पनि खुशी जाग्यो, सन्त महात्माहरुको लागी त नयाँ जीवन पाएजस्तो भयो ।
यो घटना घटेको र चर्चामा आएको पाँच हजार वर्षभन्दा बढी भइसक्यो तर यति लामो अवधीमा पनि यस शुभ दिनको खुशी र उल्लास मानिसमा अझैं जीवित छ । आजको दिनमा पनि हामी यती नै उत्साहले भगवान् कृष्णको जन्मोत्सव मनाउँछौँ जसरी सुदीर्घकाल पूर्वब्रजमण्डलका मानिसहरुले मनाउथे।
जन्माष्टमी जयन्ती एउटा उत्सव हो । यस प्रकारका जयन्ती उत्सवहरुले हिन्दु संस्कृतिको समृद्धि र संरक्षणका लागि एउटा ठूलो भूमिका खेलेको र यो कुरा भनिरहन आवश्यकता छैन । उस प्रकारका जयन्तीहरुले भगवान्को सत्ताप्रति अनन्त आशा र विश्वास जगाउँछ र जनतामा शक्ति, साहस र उत्साह उत्पन्न हुन्छ ।
यी जयन्तीहरु त्यो प्रकाश स्ताम्भ हुन् जसलाई अवलम्बन् गरेर तत्तकालीन समाजका कर्णधारहरुले आफ्नो समाजको नावलाई भीषण तूफानहरु र भयावह समुद्र छालहरुबाट पनि सुरक्षित रुपले आफ्नो गन्तव्यसम्म पुर्याउन सफल भएका थिए ।
साँच्चै भन्नुपर्दा त आज हिन्दु जाति यदी जिवित छ भने र शानले जिवित छ त्यो महापुरुषहरुले मनाएका यही जयन्तीहरुको कारण हो । यिनीहरुबाट प्रेरणा प्राप्त गरेर, यिनीहरुको जीवनबाट शिक्षा ग्रहण गरेर हामी हाम्रो निश्चित गनतव्यतिर अघि बढ्न सफल भएका छौँ । त्यसैले आजको दिन विशेषत: हामीले भगवान् कृष्णको चरित्रको पाठ पढेर शिक्षा ग्रहण गर्नुपर्दछ ।
शरीर र आत्मा, यी दुवैको अस्तित्वको अर्को नाम हो जीवन । यस जीवनलाई चरम विकास सम्म पुर्याउनको निमित्त र पूर्ण समुन्नत गर्नका लागि भगवान् कृष्णले संसारलाई दुईवटा अमूल्य रत्न दिनुभएको छ (१) गौ र (२) गीता । पहिलोलाई शारीरिक स्वास्थ्य र वुद्धिको मूल भने हुन्छ भने दोस्रो आत्मिक विकाशको लागि संजीवनामृत जस्तै हो ।
त्यसै कारण सबै कुरा छोडेर हिन्दु जातीले यही दुई (गै, गीता ) वस्तुहरुको आराधना गरे भने संसारको कुनै पनि शक्क्तिले अतिक्रमण गर्न सक्दैन । गीताको यो अमर सन्देशको कारणले सम्पूर्ण भारत मात्र होइन अनेकौ विदेशीहरु पनि भगवान् कृष्ण प्रति श्रद्धाञ्जली अर्पण गर्छन् ।
नास्तिकहरुले पनि भगवान् कृष्णलाई योगीराज, नीतिज्ञ , शिरोमणी र एउटा उच्च दार्शनिक महापुरुष भन्दछन् । मुसलमानहरुले पनि रसखान्, मोर , पीरजादा, ताजबेगम, आदि मा कृष्णा भक्क्तिको रंग चढाएका छन् । यस्तो सर्वगुण सम्पन्न लीला पुरुषोत्तम भगवान् कृष्णको जयन्ती उत्साहसँग मनाउनु हाम्रो पवित्र कर्तव्य हो ।
श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। श्रीकृष्ण जगतका गुरु परमात्मा हुनुहुन्थ्यो, भगवानले पापाचार उन्मूलन गरी समाजमा युगीन शिक्षा दिनका लागि माता देवकी र पिता वसुदेवका सन्तानका रूपमा अवतार लिनुभएको थियो। त्यसबेला अन्याय, अत्याचार, घुसखोरी एवं असत्य जस्ता पापाचार बढ्नुका साथै धर्मको विनाश भएकाले यस संसारका सञ्चालक परमात्माले कृष्णरूपमा अवतार लिनुपर्दछ भन्ने सोचेर देवताहरूका साथमा सल्लाह गरी देवकीको गर्भमा आएर सामान्य मानवीय स्वभावका साथ अवतरित हुनुभएको थियो।
सर्वज्ञ भगवान् श्रीकृष्णले सुरुमा अबोध मानवीय बाललीला प्रदर्शन गर्नुभयो। बाललीलामार्फत वहाँले परोक्षरूपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउँदै जानुभयो। एकपछि अर्को आश्चर्यमय, सनसनीपूर्ण बाललीलाले त्यतिखेरको समाजलाई चकित बनाउदै यदाकदा आफ्ना कुराहरू राख्ने श्रीकृष्ण कोही न कोही अलौकिक व्यक्तित्व भएको पूर्ण आभास दिलाएर आफू भगवान् नै भएको पुष्टि पनि गरिदिनुहुन्थ्यो। तर यस्तो आभास भगवानका प्रियजनले मात्र प्राप्त गर्थे भने भगवानको नररूपबाट मोहित समाज अनभिज्ञ तर अचम्भित थियो।
जन्मकालमै अलौकिक लीला रच्दै माता देवकी र पिता वसुदेवलाई आफ्नो दिव्यरूपको दर्शन गराउनुभएको थियो। यस्तै पूतनाको दुग्धपान गरी स्त्रीजातिलाई, हराएका गाईबाछा जस्ताको तस्तै सृष्टि गरेर छल गर्ने ब्रह्माजीलाई, गोवर्धन पर्वत धारण गरी इन्द्रको क्रोधबाट जोगाएर गोकुलवासीलाई, गोवर्धन पर्वत धारणकै प्रसंगमा झुक्न बाध्य बनाएर अभिमानी इन्द्रलाई, रासलीलाद्वारा सम्पूर्ण गोप गोपिनीहरूलाई, आफ्नो रूप रथ र यमुनामा एकैसाथ देखाएर काका अक्रूरलाई र अनेकौं प्रसंगमा मानवभन्दा भिन्न अलौकिक शक्तिवान् तथा दिव्य व्यक्तित्वको परिचयका साथ विभिन्न रूपका भक्तहरूलाई साक्षात्कार नै गराइदिनुभयो। एकै छिनमा मायाद्वारा त्यो अलौकिकपनलाई ढाकेर साधारणको जस्तो व्यवहारले त्यहाँका मानिसहरू त्यसै मायाभित्र रुमलिरहने अवस्था बनाइदिनु हुन्थ्यो।
भगवानका अलौकिक गुण तथा स्वरूपलाई विभिन्न व्यक्तिहरूले अनुभूत गरेका थिए। वास्तवमा श्रीकृष्णको विलक्षण स्वरूप त्यतिखेर प्रस्फुटित हुन्छ, जतिखेर कंसद्वारा आयोजित मल्लयुद्धमा वहाँ प्रवेश गर्दै हुनुहुन्थ्यो। त्यहाँ उपस्थित राजामहाराजादेखि सामान्य मानिससम्मले भगवानको दिव्य स्वरूपको आभास प्राप्त गरेका थिए। यही प्रसंगमा उपस्थित व्यक्तिहरूको दृष्टिमा भगवानको विलक्षणताको यसरी मूल्यांकन गरिएको पाइन्छ–
१. मल्लयोद्धाहरूले भगवानलाई वज्रसमान देखे।
२. सामान्य मानवले अलौकिक मानव देखे।
३. स्त्रीजातिले साक्षात् कामदेवरूपमा देखे।
४. गोपीजनले आफन्तको रूपमा देखे।
५. पापी तथा दुराचारी राजाजनले कुशल प्रशासक देखे।
६. देवकी, वसुदेव एवं नन्द–यशोदाले बालक पुत्र देखे।
७. राजा कंसले साक्षात् आफ्नो मृत्यु देखे।
८. विद्वज्जनले विराट पुरुष देखे।
९. योगीजनले परं तत्त्व (परमात्मा) देखे।
१०. वृष्णीहरूले परब्रह्म परमेश्वरका रूपमा दर्शन पाए।
एउटै व्यक्तिमा एकैपटक यति प्रकारको भाव जागरण हुनुमा विलक्षणताको परिचय झल्किन्छ। अर्को कुरा साक्षात् परमात्मामा हुने षड्–ऐश्वर्य–सम्पन्नता पनि कृष्णमा देख्न सकिन्छ। ती ६ वटा ऐश्वर्य हुन्– ऐश्वर्य (धनसम्पत्ति), धर्म, कीर्ति, पारलौकिक श्रेय आर्जन, ज्ञान र वैराग्य।
ऐश्वर्यस्य समग्रस्थ धर्मस्य यशसः श्रियः ।
ज्ञानवैराग्ययोश्चैव षड्णां भगः इतीरितः ।।
भगवानको गुण वा वहाँमा हुनैपर्ने विलक्षणता एवं समर्थतामा यी माथिका ६ वटा कुराको निवास हुनुपर्छ। भगवान् श्रीकृष्णमा षड्–ऐश्वर्य–सम्पन्नता थियो।
जब घर तथा मठमन्दिरमा पनि भगवानलाई स्थापना गरिन्छ र पूजा–आराधना गरिन्छ भने त्यो घर वा मन्दिर सामान्य नभएर यी ६ वटै ऐश्वर्यले युक्त हुन्छ। यसर्थ भगवानको प्राणप्रतिष्ठा गर्दा यी ६ वटा कुरा त्यहाँ आऊन् भन्ने अनुष्ठानविज्ञको चाहना हुन्छ। त्यसैले विधिपूर्वक उपयुक्त समयमा भगवानको प्राणप्रतिष्ठा गरिन्छ। शुभमुहूर्त एवं स्थिर लग्नमा प्राणप्रतिष्ठा गर्नुको उद्देश्य पनि भगवान् श्रीकृष्णको षड्–ऐश्वर्य–सम्पन्नता त्यहाँ पूर्णरूपमा चिरकालसम्म रहिरहोस् र जुनसुकै समयमा पनि भक्तले पूजाआराधना गरी याचना गर्दा उसमा पनि ती गुण अधिक मात्रामा प्राप्त होऊन् भन्ने नै हो। यद्यपि व्यक्ति कृष्ण बन्न सक्दैन तर कृष्णले चाहनुभयो भने विद्या, बल, गुण, तेज, ऐश्वर्य तथा यशले युक्तचाहिँ अवश्यै बनाइदिनुहुन्छ। यही नै भक्त र भगवानमा फरक छ। यस्तै प्रकारका विलक्षणता भगवान् श्रीकृष्णका अनेकौं लीलामा देख्न सकिन्छ र वहाँका गुणानुवादको अध्ययन गर्दा चिन्तन–मनन गर्न सकिन्छ। यस्तो विलक्षणता भगवान् श्रीकृष्णबाहेक अन्यत्र पाइँदैन। यही नै श्रीकृष्णको विशेषता एवं विलक्षणपन हो।
श्रीकृष्ण जन्माष्टमी – श्रीकृष्णको पूजाविधि
भगवानमा ऐश्वर्यआदि गुणको खानी भएकाले नै भगवानको सेवा गर्दा भक्तहरूको अभीष्टसिद्धि हुने हो। त्यस्ता भगवानको पूजाआराधना गर्न भक्तजन सदैव लालायित हुन्छन्। पूजा गर्ने विधिविधानलाई यसरी जान्न सकिन्छ– सबभन्दा पहिले यशोधा माताको काखमा रहेर स्तनपान गरिरहनुभएका भगवानको ध्यान गर्नुपर्दछ। यसरी ध्यान गरेपछि नाममन्त्रअनुसार भगवानको पूजा गर्नुपर्दछ–
ध्यानं समर्पयामि श्रीकृष्णाय नमः।
आसनं समर्पयामि श्रीकृष्णाय नमः।
पाद्यं समर्पयामि श्रीकृष्णाय नमः।
अर्घ्यं समर्पयामि श्रीकृष्णाय नमः।
आचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पुनराचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पञ्चामृतं समर्पयामि श्रीकृष्णाय नमः।
शुद्धोदकं समर्पयामि श्रीकृष्णाय नमः।
पीताम्बरयुग्मं समर्पयामि श्रीकृष्णाय नमः।
यज्ञोपवीतं समर्पयामि श्रीकृष्णाय नमः।
चन्दनं समर्पयामि श्रीकृष्णाय नमः।
तिलयवान् समर्पयामि श्रीकृष्णाय नमः।
पुष्पाणि समर्पयामि, पुष्पमालां समर्पयामि श्रीकृष्णाय नमः।
धूपं समर्पयामि श्रीकृष्णाय नमः।
दीपं समर्पयामि श्रीकृष्णाय नमः।
नैवेद्यं समर्पयामि श्रीकृष्णाय नमः।
तुलसीपत्रं समर्पयामि श्रीकृष्णाय नमः।
फलं समर्पयामि श्रीकृष्णाय नमः।
ताम्बूलं समर्पयामि श्रीकृष्णाय नमः।
द्रव्यक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
आरार्तिक्यं समर्पयामि श्रीकृष्णाय नमः।
मन्त्रपुष्पाञ्जलिं समर्पयामि श्रीकृष्णाय नमः।
प्रदक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
साष्टाङ्ग प्रणामं समर्पयामि श्रीकृष्णाय नमः।
क्षमापनं समर्पयामि श्रीकृष्णाय नमः।
श्रीकृष्ण जन्माष्टमी का दिन यसरी भगवानलाई उपलब्ध वस्तुहरू अर्पण गरेर तथा परदेश वा घरबाहिर भए भगवान् श्रीकृष्ण ध्यानको गर्दै यी पदार्थहरू चढाएको भावना गरेर पनि कृष्ण भगवानको पूजा सम्पन्न गर्न सकिन्छ। शुद्ध शरीर एवं पहिरन तथा पवित्र मन पारेर निश्चिन्त रूपमा भगवानको ध्यान गरी वहाँले गरेका लीलाहरूको स्मरण गर्दै भक्तिभाव समर्पण गर्नु र आफूले गरेका सम्पूर्ण कार्यहरू भगवानमा समर्पण गर्नु नै भगवानको पूजा हो।
षोडशांशयुक्त सर्वगुण सम्पन्न भएकाले श्रीकृष्णले गरेका सबै कार्य हामी मानवका लागि मार्गनिर्देशक छन्, शिक्षाप्रद छन्। मर्यादापुरुषोत्तम भगवान् श्रीरामको लीलाभन्दा परमात्मा परमेश्वर पूर्णब्रह्म श्रीकृष्णका लीला कथालाई हामीले जीवनमा उतार्ने प्रयत्न गर्दा हाम्रो कल्याण हुन्छ। योगीले गरेको जस्तो योग अनुकरण गर्ने हो भने भगवानले गरेका लीलारूपी कथाहरूबाट जीवन सफल बनाउने सूत्रहरूको अनुसरण गर्ने हो। खास गरेर यी शिक्षाहरू श्रीकृष्णबाट लिन सकिन्छ–
१. सांसारिक सुख एवं पारलौकिक सुखका लागि धनादि आर्जनमा समेत परमात्माको कृपा चाहिन्छ, आफूले चाहेर मात्र हुँदैन। अतः भगवानको आराधना नै जीवनको लक्ष्य हुनुपर्दछ ।
२. आवश्यकताअनुसार मित्रता सबैसँग गर्नुपर्दछ। सानो ठूलो त कर्मले गर्दा हुने हो। त्यसैले असल कर्म चिनेर राम्रो कार्य गर्नुपर्दछ ।
३. परमात्माले चाहे असम्भव कार्य पनि सम्भव हुँदोरहेछ। त्यसैले हामीले सत्कर्म गर्ने र परमात्मामा समर्पण गर्ने भाव हुनुपर्दछ।
४. असम्भवै असम्भवबीच रहेर पनि सम्भाव्यताको खोजीमा निरन्तर लाग्ने व्यक्ति अवश्य सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट प्राप्त गर्न सकिन्छ।
५. अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कार, संस्कृति नछोडी निरन्तर अडिग रहने व्यक्ति नै सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनीबाट प्राप्त हुन्छ। आफ्नो प्रतिज्ञामा अनेक लोभ–लालच, सांसारिक सुख र विषयवासनाले विघ्न पुर्याउने हुँदा यस्ता विषयवस्तुबाट मुक्त रही इन्द्रियहरूलाई वशमा राख्दा मात्र आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ। यस्ता अनेकौं शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट ग्रहण गर्न सकिन्छ।
Ramro xa, Can I post new content here?